विवरण

डाउनलोड

कार्यालय ठेगाना

पृष्ठभूमि


नेपाल सरकारका जिल्ला स्थित कार्यालयहरुलाई रकम निकासा दिने, आन्तरिक लेखापरीक्षण गर्ने, विनियोजन, राजश्व तथा धरौटीको एकिकृत विवरण तयार गरी महलेखा नियन्त्रक कार्यालयमा पेश गर्ने लगायतका उदेश्यले सरकारी आय-व्यय संचालन सम्वन्धी कार्यविधी नियमावली २०३८ मा भएको प्रावधान वमोजिम २०३८ साल श्रावण १ गते देखि कोष तथा लेखा नियन्त्रक कार्यालय, सिन्धुली स्थापना भएको हो । जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालय स्थापना हुनु पूर्व मालपोत कार्यालयबाट निकासा दिने काम हुने गरेको थियो । तत्पश्चात केन्द्रिय निकायबाट ड्राफ्ट मार्फत रकम उपलव्ध गराउने व्यवस्था थियो ।  बि.सं. २०३८ सालपछि जिल्लास्तरमा कोष तथा लेखा नियन्त्रक कार्यालयहरु स्थापना गरी चौमासिक निकासा र आ.ब. २०५१।०५२ देखि मासिक सोधभर्ना निकासा दिने प्रणालीको विकास भयो ।         सूचना प्रविधिमा भएको विकासलाई आत्मसात गर्दै र्सार्वजनिक वित्तीय व्यबस्थापनलाई सुदृढ गर्ने सर्न्दर्भमा २०६७ श्रावण १ गते देखि इन्टरनेट प्रणालीमा आधारित एकल खाता कोष प्रणाली लागु गरी भुक्तानी कार्यालयहरुको माग अनुसार खर्च जनाई चेक जारी गरी रकम उपलव्ध गराउने, धरौटी हिसाव एकल खातामा जम्मा गर्ने र खर्च लेख्ने तथा कार्य सञ्चालन कोष एवम् राजश्व हिसावलाई समेत एकल खातामा जम्मा गर्ने व्यवस्था भएको छ ।     यस कार्यालयको उद्देश्य ·   जिल्लास्तरका सरकारी निकायहरुलाई वित्तीय साधन उपलव्ध गराउने, ·  दैनिक रुपमा चेक भूक्तानी गरेको रकम र राजस्व आम्दानी वीचको फरक रकमलाई हिसाव मिलान... पुरा पढ्नुहोस ....